Bhairahawa Online Logo
Sports

टप एन्ड टी–२० सिरिजका लागि अस्ट्रेलिया प्रस्थान गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली

Share:
Bhairahawa Online
टप एन्ड टी–२० सिरिजका लागि अस्ट्रेलिया प्रस्थान गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौं – टप एन्ड टी–२० सिरिजमा सहभागिताका लागि अस्ट्रेलिया जाने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई काठमाडौंमा आयोजित कार्यक्रममा औपचारिक बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएको कार्यक्रममा राखेप सदस्य–सचिव टंकलाल घिसिङसहित क्यान पदाधिकारीहरूले टोलीलाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरे।

सो अवसरमा क्यान र नासा सेक्युरिटिजबीच टोलीको जर्सीका लागि मुख्य प्रायोजक सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ। यस सिरिजमा ललित राजवंशीको स्थानमा साहब आलम टोलीमा समावेश भएका छन्।

अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त संयुक्त छनोट प्रतियोगिताको तयारीस्वरूप नेपाली टोली अस्ट्रेलिया जाँदैछ। डार्बिनमा हुने टप एन्ड टी–२० सिरिज आगामी अगस्ट १४ देखि २४ सम्म चल्ने कार्यक्रम छ, र नेपाली टोली सोमबार अस्ट्रेलिया प्रस्थान गर्ने क्यानले जनाएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News