Bhairahawa Online Logo
Sports

ओलम्पिक कमिटीमा तदर्थ समिति विवाद चर्कियो

Share:
Bhairahawa Online
ओलम्पिक कमिटीमा तदर्थ समिति विवाद चर्कियो
pic : Wikipedia

काठमाडौं — नेपाल ओलम्पिक कमिटीले हालै गठन भएको तदर्थ समितिप्रति कडा आपत्ति जनाएको छ। महासचिव राजीव श्रेष्ठले विज्ञप्ति जारी गर्दै कमिटीको लेटरप्याड र लोगो अनधिकृत रूपमा प्रयोग गरिएको भन्दै विरोध जनाए।

युवा तथा खेलकुद मन्त्रालयको पहलमा मंगलबार ध्रुवबहादुर प्रधानको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन भएको थियो। तर, अन्तर्राष्ट्रिय मान्यता प्राप्त आधिकारिक ओलम्पिक कमिटीले यसलाई अस्वीकार गर्दै, एक देशमा एक मात्र ओलम्पिक कमिटी रहन सक्ने नियम तोकिएको प्रष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, “विद्यमान आधिकारिक कमिटी हुँदाहुँदै केही अनधिकृत व्यक्तिहरूको भेलाबाट तदर्थ समिति बनाउनु अस्वीकार्य छ। यस्तो प्रवृत्तिले अनावश्यक रूपमा धेरै तदर्थ समिति जन्माउन सक्छ, तर त्यस्ता कुनै पनि संरचना मान्य हुने छैनन्।”

कमिटीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको स्वामित्वमा रहेको रिङ्ग, लोगो र झण्डा आधिकारिक कमिटीबाहेक कसैले प्रयोग गर्न नपाइने पनि दोहोर्याएको छ। साथै, ओलम्पिक गतिविधि सञ्चालन र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गर्ने अधिकार केवल मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीसँग मात्र रहेको बताएको छ।

यसैबीच, सरकार भने जीवनराम अध्यक्ष र राजीव श्रेष्ठ महासचिव रहेको वर्तमान कमिटीलाई सरकार तथा राष्ट्रिय खेलकुद परिषदको वैधानिक संस्था नभएको दाबी गर्दै आएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News