Bhairahawa Online Logo
News

रास्वपाको पूर्व महामन्त्री मुकुल ढकालको रिट सर्वोच्चबाट खारेज

Share:
Bhairahawa Online
रास्वपाको पूर्व महामन्त्री मुकुल ढकालको रिट सर्वोच्चबाट खारेज

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। न्यायाधीश नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले मंगलबार ढकालको निवेदन अस्वीकार गर्ने आदेश सुनाएको हो।

ढकालले आफू नै पार्टीको वैध महामन्त्री भएको दाबी गर्दै पार्टीको कार्यालय, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा र सभापति रवि लामिछानेलाई प्रतिवादी बनाउँदै रिट दायर गरेका थिए।

रास्वपाले अनुशासनविपरीत अभद्र आचरण र पार्टीको छविमा नकारात्मक असर पार्ने गतिविधि गरेको आरोपमा एक वर्षअघि ढकाललाई महामन्त्री, केन्द्रीय सदस्य तथा साधारण सदस्य पदबाट समेत निलम्बन गरेको थियो। उनले सो निर्णयलाई अवैधानिक दाबी गर्दै सर्वोच्चमा चुनौती दिएका थिए, तर अदालतले उनको माग स्वीकार नगर्ने निर्णय गरेको हो।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News