Bhairahawa Online Logo
News

रुपन्देही अदालतले रवि लामिछानेको थुनामुक्ति निवेदन फिर्ता, पुर्पक्षका लागि कारागारमै रहने

Share:
Bhairahawa Online
रुपन्देही अदालतले रवि लामिछानेको थुनामुक्ति निवेदन फिर्ता, पुर्पक्षका लागि कारागारमै रहने

बुटवल — सुप्रिम सहकारी ठगी प्रकरणमा संगठित अपराधको अभियोग सामना गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले जमानतमा रिहा गर्न अस्वीकार गरेको छ।

जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेको बैंक जमानतमा थुनामुक्त हुने माग खारेज गर्दै पुर्पक्षका लागि कारागारमै राख्ने आदेश दिएको हो। लामिछानेले आफ्नो भागको ठगी रकमको बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएर रिहा हुन निवेदन दिएका थिए।

यसअघि तोकिएका दुई सुनुवाइ मिति कानुनी टोलीको अनुरोधमा स्थगित भए पनि सोमबार तेस्रो पटक पेशीमा सरकारी पक्ष र प्रतिपक्षबीच बहस सम्पन्न भएको थियो। सरकारी पक्षले लामिछानेलाई थुनामै राख्नुपर्ने तर्क गरेको थियो भने प्रतिपक्षले जमानतमा रिहा गर्न आग्रह गरेका थिए।

गत चैत २२ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जुन निर्णयलाई सर्वोच्च अदालतले समेत सदर गरिसकेको छ। लामिछाने त्यसयता रुपन्देहीको जिल्ला कारागारमा रहेका छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News