Sports
चितवन राइनोजको मुख्य प्रशिक्षकमा कलाम अलि नियुक्त
Bhairahawa Online

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको तयारीमा जुटेको चितवन राइनोजले मुख्य प्रशिक्षकका रूपमा कलाम अलिलाई नियुक्त गरेको छ।
गत सिजनमा सहायक प्रशिक्षकको भूमिका निभाएका अलिले यसपटक प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका हुन्। पहिलो सिजनमा चितवन राइनोजको नेतृत्व उमेश पटवालले गरेका थिए।
चितवनले दोस्रो सिजनका लागि कप्तान कुशल मल्लसहित ६ जना खेलाडीलाई रिटेन गरेको छ। ‘फियर द चार्ज’ भन्ने नारासहित नयाँ नेतृत्वमा टोलीले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
अलिको अनुभव र रणनीतिक सोचले चितवन राइनोजलाई सशक्त बनाउने विश्वास टोली व्यवस्थापनले व्यक्त गरेको छ।