Bhairahawa Online Logo
News

लोसपाका सन्तोष पाण्डेय लुम्बिनीको खेलकुदमन्त्री नियुक्त, आज शपथ

Share:
Bhairahawa Online
लोसपाका सन्तोष पाण्डेय लुम्बिनीको खेलकुदमन्त्री नियुक्त, आज शपथ

भैरहवा - लुम्बिनी प्रदेशमा सरकार बनेको एक वर्षपछि मन्त्रिपरिषद् विस्तार भएको छ।

संविधानको धारा १६८ को उपधारा (९) बमोजिम २०८१ साउन ९ गते गठन गरिएको र पछिल्लोपटक कात्तिक ७ गते पुनर्गठित मन्त्रिपरिषद्‌मा पाण्डेलाई युवा तथा खेलकुदमन्त्रीको रूपमा नियुक्त गर्न सिफारिस गरिएको जनाइएको छ।

मुख्यमन्त्रीसहित हाल ११ सदस्यीय रहेको प्रदेश मन्त्रिपरिषद्‌मा रिक्त रहेको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री स्वयंले सम्हाल्दै आएका थिए।

वर्तमान मन्त्रिपरिषद्‌मा मुख्यमन्त्रीसहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जनता समाजवादी पार्टीबाट १ जना मन्त्री रहेका छन्।

लोसपाका सांसद सन्तोष पाण्डेयले आज सपथ लिने तयारी रहेको बताइएको छ।

लोसपाका सन्तोष पाण्डेय लुम्बिनीको खेलकुदमन्त्री नियुक्त, आज शपथ

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News