Bhairahawa Online Logo
News

रवि लामिछाने भेटपछि दाहालले भने - 'रवि लामिछाने दुब्लाएको देखेँ'

Share:
Bhairahawa Online
रवि लामिछाने भेटपछि दाहालले भने - 'रवि लामिछाने दुब्लाएको देखेँ'

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल नख्खु कारागार पुगेका छन्। उनले सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका हुन्।

भेटपछि सञ्चारकर्मीलाई दाहालले लामिछानेको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै भने, “रवि लामिछाने दुब्लिएको देखेँ।”

दाहालले अदालतले तोकेको धरौटी बुझाए पनि लामिछानेलाई थुनामै राख्नु राजनीतिक प्रतिशोध भएको टिप्पणी गरे। साथै, उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्ने प्रयासलाई पनि गलत कदमको रूपमा व्याख्या गरे।

लामिछानेलाई केही दिनअघि रूपन्देहीबाट सारेर ललितपुरस्थित नख्खु कारागार ल्याइएको हो।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News