Bhairahawa Online Logo
World

टेक्सासमा विनाशकारी बाढी : १५ बालबालिकासहित ५१ जनाको ज्यान गयो, सयौं उद्धार

Share:
Bhairahawa Online
टेक्सासमा विनाशकारी बाढी : १५ बालबालिकासहित ५१ जनाको ज्यान गयो, सयौं उद्धार

२२, २०८२ | आइतबार

काठमाडौँ | अमेरिकाको टेक्सास राज्यमा आएको भीषण बाढीले जनजीवन तहस–नहस बनाइदिएको छ। बाढीमा परी कम्तीमा ५१ जनाको ज्यान गएको पुष्टि भएको छ, जसमा १५ जना बालबालिका रहेका छन्। उद्धारकर्मीहरूले अहिले पनि तीव्रगतिमा खोज तथा उद्धार कार्य जारी राखेका छन्।

सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको छ, जहाँ ४३ जनाको मृत्यु भएको बताइएको छ। विशेषगरी ग्वाडालुप नदी किनारको क्रिश्चियन शिविरबाट २७ बालबालिका बेपत्ता भएका छन्। धेरैजसो १२ वर्ष मुनिका रहेको जनाइएको छ।

केर काउन्टीका शेरिफ ल्यारी एल. लेथा भन्छन्, “हामी सम्पूर्ण उद्धार टोलीसहित हराएका बालबालिकाको खोजीमा जुटिरहेका छौँ।” अहिले सम्म ८५० जनालाई सकुशल उद्धार गरिएको छ।

यस्तै ट्राभिस काउन्टी र टम ग्रीन काउन्टी जस्ता अन्य क्षेत्रहरूमा पनि बाढीका कारण मृत्यु भएको पुष्टि भएको छ। यस साताभर राज्यभर बाढीको चेतावनी जारी गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढी पीडितको राहतका लागि संघीय सरकार र स्थानीय प्रशासन समन्वयमा काम गरिरहेको बताएका छन्। मौसम विभागले आगामी दिनमा थप वर्षाको सम्भावना औंल्याउँदै बाढीको जोखिम अझै टरिसकेको छैन भनेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News