Bhairahawa Online Logo
World

रुसी आक्रमणले युक्रेनी जेलमा ठूलो क्षति, १७ कैदीको ज्यान गयो

Share:
Bhairahawa Online
रुसी आक्रमणले युक्रेनी जेलमा ठूलो क्षति, १७ कैदीको ज्यान गयो

दक्षिणपूर्वी युक्रेनको जापोरिजिया क्षेत्रमा रहेको एक जेलमा भएको रुसी हवाई आक्रमणमा कम्तीमा १७ जना कैदीको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।

क्षेत्रीय प्रमुख इभान फेडेरोभले रातभर भएको बमबारीले जेल आसपासका बस्तीहरूमा पनि क्षति पुगेको बताएका छन्। उनका अनुसार रुसी सेनाले ग्लाइड बम प्रयोग गरी आठ पटक आक्रमण गरेका थिए।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो हमला जानाजानी गरिएको भन्दै कडा आलोचना गरेका छन्। उनले रुसलाई युक्रेनीहरूलाई लक्षित हत्या गरेको आरोप पनि लगाएका छन्।

युक्रेनको न्याय मन्त्रालयका अनुसार विस्फोटले जेलको भोजन कक्ष, प्रशासनिक भवन र क्वारेन्टाइन क्षेत्र पूर्ण रूपमा ध्वस्त बनाएको छ। आक्रमणमा ज्यान गुमाउने र घाइते हुने सबै व्यक्ति कैदी रहेको पुष्टि गरिएको छ।

जापोरिजिया क्षेत्र सन् २०२२ मा रुसले गाभ्ने दाबी गरे तापनि अझै पनि अधिकांश भाग युक्रेनी नियन्त्रणमै रहेको बताइएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News