Bhairahawa Online Logo
News

जनता समाजवादी र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत सहकार्यको घोषणा

Share:
Bhairahawa Online
जनता समाजवादी र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत सहकार्यको घोषणा

काठमाडौं — अशोक राईको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतोको नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत सहकार्यको समझदारी भएको छ।

बिहीबार राजधानीमा आयोजित विशेष समारोहमा दुवै पार्टीले संयुक्तरूपमा कार्यगत एकताको घोषणा गरेका हुन्। सहमति अनुसार, आगामी दिनमा पूर्ण पार्टी एकीकरण गर्ने लक्ष्य राखिएको छ।

साझा एजेन्डा, उद्देश्य र लक्षहरू पूरा गर्न दुवै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। सहमति पत्रमा राजनीतिक अभियानलाई प्रभावकारी बनाउन र राष्ट्रिय मुद्दामा संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News