Bhairahawa Online Logo
Politics

रवि लामिछाने नख्खु कारागार स्थानान्तरण, समर्थकहरूको नाराबाजी

Share:
Bhairahawa Online
रवि लामिछाने नख्खु कारागार स्थानान्तरण, समर्थकहरूको नाराबाजी

ललितपुर — सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा ल्याइएका छन्।

शनिबार रुपन्देही कारागारबाट स्थानान्तरण गरिएको लामिछानेलाई काठमाडौं ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नख्खु कारागारसम्म ठूलो संख्यामा समर्थकहरू भेला भएका थिए। कारागार बाहिर पुगेपछि समर्थकहरूले उनको समर्थनमा नाराबाजी गरेका छन्।

लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी प्रकरणमा गत चैतदेखि पुर्पक्षका लागि रुपन्देहीमा थुनामा राखिएको थियो। उनले कारागार स्थानान्तरणका लागि अघिल्लो महिना अदालतमा निवेदन दिएका थिए, जसमा अनुमति मिलेको थियो। त्यसपछि कारागार व्यवस्थापन विभागको निर्णयअनुसार उनलाई काठमाडौं ल्याइएको हो।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News