Bhairahawa Online Logo
News

प्रधानमन्त्री ओलीको आयोगलाई निर्देशन : “सबै भूमिहीनलाई लालपूर्जा वितरण गरेर उदाहरणीय इतिहास रचौं”

Share:
Bhairahawa Online
प्रधानमन्त्री ओलीको आयोगलाई निर्देशन : “सबै भूमिहीनलाई लालपूर्जा वितरण गरेर उदाहरणीय इतिहास रचौं”

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि समस्या समाधान आयोगका केन्द्रीय तथा जिल्ला तहका पदाधिकारीहरूलाई स्थिर सरकारको बलमा निर्भीक भएर काम गर्न र सबै भूमिहीनलाई लालपूर्जा उपलब्ध गराएर ऐतिहासिक उपलब्धि हासिल गर्न आग्रह गरेका छन्।

आयोगको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाल पूर्णता नपाएका जिल्लास्तरीय आयोगहरूलाई आगामी दुई साताभित्र गठन सम्पन्न गर्न निर्देशन दिए। ओलीले स्पष्ट पारे, “यो आयोग निष्क्रिय वा विगतका असफलताजस्तै बन्नका लागि होइन, ठोस नतिजा निकाल्न र लालपूर्जाविहीन नागरिकलाई त्यो अवस्थाबाट मुक्त गराउनका लागि स्थापना गरिएको हो।”

उनका अनुसार भूमिहीन र अव्यवस्थित बसोबासीलाई कानुनी अधिकारसहित जमिन दिलाउन सरकारले आवश्यक सहयोग गर्नेछ र आवश्यक परे कानुन संशोधन गर्न पनि पछि पर्दैन। उनले थपे, “यो विशेष परिस्थितिमा दुई ठूला दलको सहकार्यमा बनेको गठबन्धन २०८४ सम्म स्थिर रूपमा जानेछ। अस्थिरता सिर्जना गर्ने अभ्यासको कुनै ठाउँ छैन। यस्तो अवस्थामा आयोगलाई दुविधा बिना काम गर्ने वातावरण सुनिश्चित हुनेछ।”

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News