Bhairahawa Online Logo
Sports

एमबाप्पेले रियल म्याड्रिडमा पाउने भए नयाँ जर्सी नम्बर

Share:
Bhairahawa Online
एमबाप्पेले रियल म्याड्रिडमा पाउने भए नयाँ जर्सी नम्बर
pic credit: Wikimedia

काठमाडौं – रियल म्याड्रिडले आगामी सिजनका लागि टोलीमा नयाँ तयारी सुरू गरेको छ। क्लबमा चार जना नयाँ अनुहार थपिएका छन् र उनीहरूमध्ये अधिकांशलाई जर्सी नम्बर पनि बाँडिएको छ।

पेरिस सेन्ट-जर्मेनबाट रियल म्याड्रिडमा आएका फ्रान्सेली स्टार केलियन एमबाप्पेले पहिले नम्बर ९ को जर्सी लगाएका थिए। तर, अब क्लबले उनलाई प्रतिष्ठित नम्बर १० दिन लागेको छ।

नम्बर १० अघिल्लो सिजनमा लुका मोड्रिचसँग थियो, तर उनको विदाईपछि यो नम्बर खाली भएको थियो। एमबाप्पेले नम्बर १० पाउने भएपछि उनको पुरानो नम्बर ९ पुनः खाली हुनेछ, जसले अर्को खेलाडीलाई त्यो नम्बर पाउने अवसर दिनेछ।

रियल म्याड्रिडले अन्य केही वर्तमान खेलाडीहरूको पनि जर्सी नम्बर परिवर्तन गरेको छ भने फ्रान्को मास्टान्टुओनोलाई भने अझै नम्बर दिइएको छैन।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News