Bhairahawa Online Logo
News

झापाको बालुवाटार जग्गा प्रकरणमा माओवादी नेता पुरीसहित ९ जना दोषी

Share:
Bhairahawa Online
झापाको बालुवाटार जग्गा प्रकरणमा माओवादी नेता पुरीसहित ९ जना दोषी

काठमाडौं — विशेष अदालतले झापाको बालुवाटार सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको प्रकरणमा माओवादी नेता गगन पुरीसहित ९ जनालाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ।

अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ तथा रितेन्द्र थापाको इजलासले सात जना मालपोत र नापीका तत्कालीन कर्मचारी र दुई जना जग्गाधनीलाई जरिवाना र कैद सजाय सुनाएको हो।

मुख्य अभियुक्त पुरीलाई एक वर्ष कैद र रु २० लाख ८३ हजार ६७१ जरिवाना तोकिएको छ। अन्य दोषी कर्मचारीहरूलाई भूमिकाअनुसार तीन महिना देखि एक वर्षसम्म कैद र जरिवाना सजाय भएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News