Bhairahawa Online Logo
Sports

टप एण्ड टी–२० सिरिज : एनटी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित

Share:
Bhairahawa Online
टप एण्ड टी–२० सिरिज : एनटी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित

काठमाडौं — अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत नेपाल नर्थन टेरिटोरी (एनटी) स्ट्राइकसँग ४२ रनले पराजित भएको छ।

एनटी स्ट्राइकले पहिले ब्याटिङ गर्दै दिएको १७८ रनको लक्ष्य पछ्याउँदा नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रनमै रोकिएको हो।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रनको योगदान दिए। कप्तान रोहित पौडेलले २० बलमा २३ रन, गुल्सन झाँले ९ बलमा २६ रन र दिपेन्द्र सिंह ऐरीले १९ रन बनाए। तर लगातार विकेट गुमाउँदा टोली लक्ष्यमाथि दबाब कायम राख्न असफल भयो।

बलिङतर्फ एनटी स्ट्राइकका म्याट ह्यामोन्डले ३ विकेट लिए भने केन रिचार्डसन र टम एन्ड्रिजले समान २-२ विकेट हात पारे।

यसअघि ब्याटिङ गरेको एनटी स्ट्राइकका डार्सी शर्टले ५१ रनको अर्धशतक प्रहार गर्दै टोलीलाई बलियो स्कोरसम्म पुर्‍याए। टम एन्ड्रिज ३२ रनमा अविजित रहे।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। साहब आलमले २ तथा रुपेश सिंह, ऐरी र पौडेलले समान १-१ विकेट लिएका थिए।

नेपालले अब सिरिजको दोस्रो खेल शनिबार दिउँसो ३:१५ बजे बंगलादेश ‘ए’ विरुद्ध खेल्नेछ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News