Bhairahawa Online Logo
Politics

आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठक : यी छन् प्रमुख कार्यसूचीहरू

Share:
Bhairahawa Online
आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठक : यी छन् प्रमुख कार्यसूचीहरू

काठमाडौँ — संघीय संसद्को प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गर्न प्रस्ताव पेश गरिनेछ। सभामुखले यस प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरेका छन्।

त्यससँगै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभाबाट पठाइएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव राख्ने सम्भावना छ।

हिजो गणपूरक संख्या अभावका कारण स्थगित भएको बैठकमा यी दुवै प्रस्ताव प्रस्तुत हुन नसकेका थिए। आजको बैठकले विधेयकहरूबारे छलफल अघि बढाउने अपेक्षा गरिएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News