World
अमेरिकाको चेतावनीपछि चीनको कडा प्रतिक्रिया: "ट्यारिफ युद्धमा कोही विजेता हुँदैन"
Bhairahawa Online

काठमाडौं — अमेरिकाले चीनलाई रुसबाट तेल किन्नेक्रम रोक्न चेतावनी दिँदै उच्च कर लगाउने सम्भावना उल्लेख गरेपछि चीनले कडा प्रतिक्रिया दिएको छ।
चिनियाँ विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत स्पष्ट सन्देश दिँदै भन्यो, “चीनले सधैं आफ्नो राष्ट्रिय हित अनुसार ऊर्जा आपूर्ति सुनिश्चित गर्नेछ।”
चीनले जबरजस्ती र दबाबको नीति अस्वीकार गर्दै भनेको छ कि "ट्यारिफ युद्धमा कोही विजेता हुँदैन।" विदेश मन्त्रालयले चीन आफ्नो सार्वभौमसत्ता, सुरक्षा र विकासहितको दृढतापूर्वक रक्षा गर्ने पनि बताएको छ।
चीनको यो जवाफले अमेरिका-चीनबीचको व्यापार तथा कूटनीतिक सम्बन्धमा पुनः तनाव चुलिन सक्ने संकेत देखिएको छ।