Bhairahawa Online Logo
News

रवि लामिछाने नख्खु कारागार सारिने

Share:
Bhairahawa Online
रवि लामिछाने नख्खु कारागार सारिने

काठमाडौं – सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका रास्वपाका अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई नख्खु कारागार स्थानान्तरण गर्ने निर्णय भएको छ।

कारागार व्यवस्थापन विभागको स्वीकृतिपछि रुपन्देही जिल्ला कारागारले शुक्रबार उनलाई ललितपुरको नख्खु कारागार सार्ने तयारी अघि बढाएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी काण्डमा संलग्नताको आधारमा अदालतको आदेशपछि लामिछाने पुर्पक्षका लागि जेलमा रहेका छन्। यसअघि उनले काठमाडौं नजिकैको डिल्लीबजार कारागारमा स्थानान्तरणको लागि निवेदन दिएका थिए। डेढ महिनाअघि दिएको उक्त निवेदन तत्काल अघि नबढाइए पनि हाल आएर विभागले नयाँ निर्णय गरेको हो।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News