मोहम्मद सालाह तेस्रोपटक ‘पीएफए प्लेयर अफ द ईयर’, ऐतिहासिक उपलब्धि हासिल

लिभरपुलका स्टार मोहम्मद सालाहले २०२५ को प्रोफेशनल फुटबलर्स एसोसिएसन (PFA) ‘प्लेयर अफ द ईयर’ अवार्ड जित्दै नयाँ इतिहास रचेका छन्। उनी यो पुरस्कार तीन पटक जित्ने पहिलो खेलाडी बनेका हुन्।
यस वर्ष सालाहले म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेज, आर्सेनलका डिक्लान राइस, न्यूकासलका एलेक्जेन्डर इसाक, चेल्सीका कोल पाल्मर र आफ्नै क्लबका एलेक्सिस म्याक अलिस्टरलाई पछि पारे।
गत सिजन उनले प्रिमियर लिगमा सर्वाधिक २९ गोल र १८ असिस्ट गर्दै लिभरपुललाई उपाधि दिलाएका थिए। साथै कराबाओ कपमा उपविजेता बनेको क्लबमा उनको योगदान निर्णायक रह्यो। युरोपियन प्रतियोगितामा भने अपेक्षित सफलता हासिल गर्न नसके पनि घरेलु प्रदर्शनले उनलाई अवार्डसम्म पुर्यायो।
सालाहले यसअघि २०१७–१८ र २०२१–२२ मा अवार्ड जितेका थिए। यस पटकको जितसँगै उनले केभिन डे ब्रुइन, क्रिस्टियानो रोनाल्डो, थियरी हेन्री जस्ता दिग्गजहरूले पनि हासिल गर्न नसकेको तीन पटकको उपलब्धि पुरा गरे।
१९७४ देखि सुरु भएको यो अवार्ड लिभरपुलका खेलाडीहरूले अहिलेसम्म १० पटक जितेका छन्। यसपटकको जित विशेष पनि बन्यो, किनभने सालाहले पहिलोपटक लिग उपाधि जितेको वर्षमै व्यक्तिगत अवार्ड जित्न सफल भएका छन्।