Bhairahawa Online Logo
Sports

महिला राष्ट्रिय टिम प्रशिक्षकले छाडे पद, उज्बेकिस्तान भ्रमणपछि विवाद

Share:
Bhairahawa Online
महिला राष्ट्रिय टिम प्रशिक्षकले छाडे पद, उज्बेकिस्तान भ्रमणपछि विवाद

मिति: ४ श्रावण २०८२, आइतवार स्थान: काठमाडौं

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन्। केही दिनअघि उनले इमेलमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो राजीनामा बुझाएका हुन्।

एएफसी महिला एसियन कप छनोटका क्रममा उज्बेकिस्तानमा भएका घटनाक्रमबारे स्पष्ट जानकारी माग्दै एन्फाले वाइल्डलाई पत्र पठाएको थियो। उक्त पत्रको जवाफस्वरूप वाइल्डले राजीनामा पेश गरेका हुन्।

हाल एन्फा अध्यक्ष पंकज नेम्वाङ देशबाहिर रहेका कारण वाइल्डको राजीनामाबारे आधिकारिक निर्णय एन्फाले अझै गरेको छैन।

एसियन कप छनोटको समय कप्तान चयनसम्बन्धी विवादले प्रशिक्षक वाइल्ड र टिम व्यवस्थापनबीच विवाद चुलिएको थियो। वाइल्डले एक अन्तर्वार्तामा भनेका थिए, “एन्फामा सुधार नभएसम्म म नेपाल फर्कन्न।” त्यसपछि उनी आफ्नो देश बेल्जियम फर्किएका हुन्।

टोली स्वदेश फर्किएपछि हेड अफ डेलेगेट्स, टिम म्यानेजर र सहायक प्रशिक्षकहरूले पत्रकार सम्मेलन गरी कप्तान चयन र अन्य विवादमा मुख्य प्रशिक्षक वाइल्डलाई नै दोषी ठहर गरेका थिए।

नेपालले एएफसी महिला एसियन कप छनोटमा श्रीलंका र लाओसलाई सहज रूपमा पराजित गरे पनि उज्बेकिस्तानसँगको खेल ३–३ बराबरीमा सकिएपछि टाइब्रेकरमा हार बेहोरेको थियो। सोही कारण नेपाल एसियन कपका लागि छनोट हुन सकेन।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News