Bhairahawa Online Logo
Entertainment

‘माइतीघर’को गीत खिच्न ५० लाख खर्च !

Share:
Bhairahawa Online
‘माइतीघर’को गीत खिच्न ५० लाख खर्च !

यस वर्ष दशैंको फूलपातीमा रिलिज हुन लागेको फिल्म **‘माइतीघर’**ले आफ्नो शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ सार्वजनिक गर्ने तयारी गरेको छ।

निर्माता रोहित अधिकारीका अनुसार ११ दिन लामो छायांकनमा बनेको उक्त गीतको भिडियो बनाउन करिब ५० लाख खर्च भएको छ। गीतमा मुख्य अभिनेत्री उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पालाई नचाइएको छ भने कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्।

गीत सार्वजनिक हुनुअघि नै निर्माण पक्षले नृत्य प्रतिस्पर्धाको घोषणा गरेको छ। ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउनेमध्ये उत्कृष्ट एक जनालाई ५ लाख रुपैयाँ पुरस्कार दिइनेछ।

यो गीत ६ दशकअघि बनेको ‘माइतीघर’ फिल्ममा आशा भोसलेले गाएको चर्चित गीतको नयाँ संस्करण हो।

मिलन तामाङ निर्देशित फिल्ममा उपासना र श्यामाश्रीसँगै केदार घिमिरे, धीरज मगर, प्रकाश सपूत, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ लगायतको अभिनय रहेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News