Bhairahawa Online Logo
Sports

बायर्नको शानदार जितमा केनको ऐतिहासिक योगदान

Share:
Bhairahawa Online
बायर्नको शानदार जितमा केनको ऐतिहासिक योगदान

जर्मन बुंडेसलिगामा बायर्न म्युनिकले उत्कृष्ट प्रदर्शन कायम राख्दै वेडर ब्रेमनलाई ४–० ले हराएको छ। शुक्रबार रातिको खेलमा ह्यारी केनले दुई गोल गर्दै टोलीलाई सहज जित दिलाए।

बायर्नले पाँच खेलमै १५ अंक जोड्दै शतप्रतिशत जितको यात्रा निरन्तर राखेको छ। केनले ४५ र ६५ औं मिनेटमा गोल गर्दै बायर्नका लागि आफ्नो गोल संख्या सय पुर्याएका छन्। यो उपलब्धि हासिल गर्न उनले १०४ खेल मात्र खेलेका छन्।

युरोपका शीर्ष पाँच लिगमा केन सबैभन्दा छिटो सय गोल गर्ने खेलाडी बनेका छन्। यसअघि क्रिस्टियानो रोनाल्डो र इर्लिङ हालान्डले १०५ खेलमा यो कीर्तिमान पुर्याएका थिए।

यो सिजनमा केनको प्रदर्शन अझै प्रभावशाली छ, उनले प्रत्येक खेलमा औसत दुई गोल गरिरहेका छन्, जसले उनलाई बुंडेसलिगाको सर्वाधिक चम्किलो स्ट्राइकर बनाइरहेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News