Entertainment
टेलर स्विफ्टको १२औँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ घोषणा
Bhairahawa Online

वासिङ्टन — अमेरिकी पप–स्टार टेलर स्विफ्टले आफ्नो १२औँ स्टुडियो एल्बम ल्याउने घोषणा गरेकी छिन्। मंगलबार सार्वजनिक जानकारी अनुसार, एल्बमको नाम ‘द लाइफ अफ अ शोगर्ल’ राखिएको छ।
हालसम्म एल्बमको रिलिज मिति खुलाइएको छैन, र स्विफ्टले यसबारे विस्तृत जानकारी पनि दिएकी छैनन्। डिसेम्बरमा उनको चर्चित एराज टुर समाप्त भएपछि यो पहिलो नयाँ एल्बम हुनेछ।
स्विफ्टको आधिकारिक वेबसाइटमार्फत यो एल्बम प्रि–अर्डर गर्न सकिनेछ। यसअघि २०२४ मा उनले ‘द टर्चड पोयट्स डिपार्टमेन्ट’ नामक एल्बम सार्वजनिक गरेकी थिइन्, जसमा ३१ वटा गीत समावेश थिए।