Bhairahawa Online Logo
Entertainment

८२ सालको गाईजात्रा: मनोज गजुरेलको "बेडरूममा बिचौलिया" सार्वजनिक

Share:
Bhairahawa Online
८२ सालको गाईजात्रा: मनोज गजुरेलको "बेडरूममा बिचौलिया" सार्वजनिक

काठमाडौं – हरेक वर्षझैँ यस वर्षको गाईजात्रामा पनि हास्य कलाकार मनोज गजुरेलले नयाँ प्रस्तुति सार्वजनिक गरेका छन्। "बेडरूममा बिचौलिया" शीर्षकको यो प्रस्तुति २०८२ सालको गाईजात्रा विशेष कार्यक्रमअन्तर्गत युट्युब च्यानल GajuReal मा हेर्न सकिन्छ।

यसपटकको गाईजात्रामा गजुरेलसहित विभिन्न चर्चित कलाकारहरूले साथ दिएका छन्। प्रस्तुतीमा सहभागी कलाकारहरूमा सैलेन्द्र सिम्खडा, चक्र दवाडी, सुवोध गौतम, सुमन कार्की, मेक्सम गौडेल, सीता न्यौपाने, पशुपति शर्मा, नवराज प्रजुली, प्रकृति गिरी, सन्देश सुवेदी, अशिष खनाल (माडसाब), श्रेया सुवेदी, कल्पना खतिवडा, युमी गौतम, तिकराम आचार्य र पुष्पराज भट्टराई रहेका छन्।

गाईजात्रा नेपाली समाजका विकृति, विसंगति र राजनीति–व्यंग्यलाई मनोरञ्जनमार्फत प्रस्तुत गर्ने माध्यमका रूपमा हरेक वर्ष मनाइन्छ। यस वर्षको कार्यक्रममा पनि हाँसो, व्यंग्य र सामाजिक सन्देशलाई जोड दिइएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News