Bhairahawa Online Logo
Finance

सेयर बजारमा भारी उतारचढाव, ११ महिनयताकै उच्च कारोबार

Share:
Bhairahawa Online
सेयर बजारमा भारी उतारचढाव, ११ महिनयताकै उच्च कारोबार

📅 ४ श्रावण २०८२, आईतवार | 📍 काठमाडौं

साताको पहिलो दिन आइतबार नेपाली सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ। कारोबारको क्रममा नेप्से सूचक ५२ अंकले उचालिएर २९२२ अंकसम्म पुगेको थियो। तर, बिक्री चाप बढेपछि सूचक पुन: खस्किँदै अघिल्लो दिनको २८७० अंकमै फर्किएर बन्द भयो।

तर, बजार बन्द हुने अन्तिम १५ मिनेटको भारित औसत मूल्यको समायोजन नहुँदा सूचक २.८७ अंकले ओरालो लागेर २८६७ मा झरेको थियो। समायोजनपछि सूचक ०.३२ अंक मात्रले उकालो लाग्यो।

🔸 ११ महिनयताकै उच्च कारोबार उतारचढावका बीच पनि कारोबार रकम भने निकै उत्साहजनक रह्यो। आइतबारको सेसनमा २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो, जुन पछिल्लो ११ महिनयताकै उच्च हो। यसअघि २०८१ साउन ३२ गते २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

🔸 कम्पनीहरूमा व्यापक उतारचढाव कारोबार भएका १०५ कम्पनीको मूल्य वृद्धि हुँदा १४४ कम्पनीको मूल्य घटेको थियो।

सबैभन्दा धेरै गिरावट: फाइनान्स समूह – २.२६%

सबैभन्दा धेरै वृद्धि: अन्य समूह – ३.३६%

सामान्य गिरावट: बैंकिङ, हाइड्रोपावर, उत्पादनमूलक, माइक्रोफाइनान्स समूहहरू

🔸 उच्च लाभमा परेका कम्पनीहरू 🔼 १०% ले मूल्य वृद्धि भएका कम्पनीहरू:

सान्भी इनर्जी

शिवश्री हाइड्रो

विन्ध्यबासिनी हाइड्रो

उन्नती सहकार्य लघुवित्त

ट्रेड टावर

सिटी होटल

नेपाल माइक्रो इन्स्योरेन्स

🔽 सबैभन्दा धेरै घाटा व्यहोरेका कम्पनीहरू समृद्धि फाइनान्स

दोर्दीखोला हाइड्रोपावर

पञ्चकन्या माइ हाइड्रोपावर

🔝 सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरू (रकमका आधारमा) नेपाल रिइन्स्योरेन्स

बुटवल पावर कम्पनी

हिमालयन रिइन्स्योरेन्स

ङादी ग्रुप

सानिमा माइ हाइड्रोपावर

हाल बजारको कुल पूँजीकरण ४७ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News