Bhairahawa Online Logo
Finance

आन्तरिक उडानको भाडादर सार्वजनिक, काठमाडौं-धनगढीको भाडा सबैभन्दा बढी

Share:
Bhairahawa Online
आन्तरिक उडानको भाडादर सार्वजनिक, काठमाडौं-धनगढीको भाडा सबैभन्दा बढी

काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैं, तिहार र छठ जस्ता चाडपर्वका बेला आन्तरिक उडानको अधिकतम भाडादर सार्वजनिक गरेको छ। यसको मुख्य उद्देश्य चाडको समयमा हवाई टिकटको बढ्दो मागले गर्दा अन्यायपूर्ण रूपमा भाडा बढ्न नदिनु हो।

प्राधिकरणले सरकारद्वारा स्वीकृत भाडा सीमा भन्दा बढी शुल्क लिन नपाइने स्पष्ट गर्दै सबै वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। कसैले तोकिएको भन्दा बढी भाडा लिएमा कानूनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।

सार्वजनिक गरिएको सूची अनुसार काठमाडौं-धनगढीको उडानको भाडा १७ हजार ५७९ रुपैयाँ छ जुन सबैभन्दा बढी हो। यस्तै सबैभन्दा कम भाडा काठमाडौं-सिमराको ३ हजार ९७८ रुपैयाँ रहेको छ।

प्रमुख मार्गहरूको भाडादर यसप्रकार छन्: • काठमाडौं–विराटनगर: ९ हजार ७८५ रुपैयाँ

• काठमाडौं–भरतपुर: ४ हजार ६४३ रुपैयाँ

• काठमाडौं–भद्रपुर :१२ हजार ११२ रुपैयाँ

• काठमाडौं–जनकपुरमा : ५ हजार ४७० रुपैयाँ

• काठमाडौं–पोखरा : ६ हजार ६३५ रुपैयाँ

• काठमाडौं–नेपालगञ्ज : १३ हजार १०३ रुपैयाँ

• काठमाडौं–धनगढी : १७ हजार ५७९ रुपैयाँ

• काठमाडौं–सिमरा : ३ हजार ९७८ रुपैयाँ

• काठमाडौं–भैरहवा : ८ हजार ४६१ रुपैयाँ

• काठमाडौं–राजविराज :८ हजार २१० रुपैयाँ

• काठमाडौं–सुर्खेत : ९ हजार ३० रुपैयाँ

• काठमाडौं–तुम्लिङटार : ७ हजार ६३० रुपैयाँ

प्राधिकरणले यो व्यवस्था चाडपर्वको समयमा यात्रुहरूलाई न्यायपूर्ण मूल्यमा यात्रा गर्न सहज बनाउने उद्देश्य राखेको छ।

आन्तरिक उडानको भाडादर सार्वजनिक, काठमाडौं-धनगढीको भाडा सबैभन्दा बढी

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News