Bhairahawa Online Logo
Social

आजको मौसम अनुमान

Share:
Bhairahawa Online
आजको मौसम अनुमान

काठमाडौं — मौसम विज्ञान विभागको अनुसार आज शुक्रबार देशको अधिकांश भागमा सामान्य मौसम रहने छ। तर कोशी र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

दिउँसोको समयमा देशका पहाडी भूभागहरूमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रहरूमा सफा आकाश रहने अपेक्षा गरिएको छ। राति कोशी प्रदेशका पहाडी इलाकाका एक-दुई स्थानहरूमा हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ।

यो मौसमी अवस्थाले यातायात र कृषि कार्यमा विशेष बाधा पुर्ने सम्भावना नरहेको विभागले स्पष्ट पारेको छ। तराइ क्षेत्रमा हालैको भारी वर्षापछि मौसम सुधार भएकोले कृषकहरूलाई राहत मिलेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News