Social
डा. भुसाललाई गाँजा सेवन पुष्टि पछि सुधार केन्द्र पठाइयो
Bhairahawa Online

काठमाडौं — माइतीघर प्रदर्शनबाट पक्राउ परेका डा. निकोलस भुसालको मेडिकल जाँचमा गाँजा सेवन गरेको पुष्टि भएपछि उनलाई सुधार केन्द्र पठाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार यस्तो निर्णय गरेको हो।
प्रहरी प्रवक्ता पवनकुमार भट्टराईको भनाइमा डा. भुसालको चिकित्सकीय जाँचपछि गाँजा सेवन गरेको पुष्टि भएपछि परिवारको जिम्मामा उनलाई सुधार केन्द्र पठाइएको हो। यसअघि पनि पक्राउको बेला उनले गाँजा सेवन गरेको प्रहरीले रेकर्ड गरेको छ।
डा. भुसाल माइतीघर क्षेत्रमा भएको प्रदर्शनको क्रममा प्रहरीले पक्राउ गरेका थिए। प्रहरीले उनलाई नशा नियन्त्रणका लागि सुधार केन्द्रमा पठाएको छ।