सेयर बजारमा गिरावट : नेप्से २६ अंक तल, कारोबार रकम ६ अर्बमा सीमित

काठमाडौं — मंगलबार सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा बन्द भएको हो। अघिल्लो दिन सोमबार पनि २७.९० अंकको गिरावट भएको थियो।
कारोबार रकममा पनि कमी देखिएको छ। आज ३२३ वटा सूचीकृत कम्पनीका १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता सेयर ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ रुपैयाँमा किनबेच भए। सोमबारको कारोबार रकम भने १० अर्ब २१ करोड रुपैयाँ थियो।
सिटी होटलको सेयर आजको दिनमा सर्वाधिक बढ्दै ९.९९ प्रतिशतले उक्लियो भने सिकलेस हाइड्रोपावर ९.९९ प्रतिशतले घट्दै सबैभन्दा बढी मूल्य गुमाउनेमा रह्यो। उन्नति सहकारी लघुवित्तको सेयर पनि ८ प्रतिशतले घट्यो।
कारोबार रकमका हिसाबले नेपाल रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो जसको २६ अर्ब रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि हिमालयन रिइन्स्योरेन्सको २३ करोड, लुम्बिनी विकास बैंकको २० करोड, शिवम् सिमेन्टको २० करोड र बुटवल पावरको १९ अर्ब रुपैयाँ बराबरको कारोबार भयो।
आजको कारोबारमा २४ कम्पनीको मूल्य बढ्दा २२५ कम्पनीको घट्यो। होटल्स एण्ड टुरिजम समूहको उपसूचक भने १.३२ प्रतिशतले बढेको छ भने अन्य समूहका उपसूचकहरू नकारात्मक देखिएका छन्