आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको दर सार्वजनिक

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको खरिद तथा बिक्री दर सार्वजनिक गरेको छ। तोकिएको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ९६ पैसा र बिक्री दर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिद दर १६२ रुपैयाँ ९४ पैसा र बिक्री दर १६३ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १८८ रुपैयाँ ११ पैसा र बिक्री दर १८८ रुपैयाँ ९२ पैसा तोकिएको छ। स्विस फ्र्याङ्क एकको खरिद दर १७३ रुपैयाँ २३ पैसा र बिक्री दर १७३ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ३० पैसा र बिक्री दर ९१ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०१ रुपैयाँ ९३ पैसा र बिक्री दर १०२ रुपैयाँ ३६ पैसा छ। सिङ्गापुर डलर एकको खरिद दर १०८ रुपैयाँ ९४ पैसा र बिक्री दर १०९ रुपैयाँ ४० पैसा तय भएको छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४७ पैसा र बिक्री दर ९ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ४८ पैसा र बिक्री दर १९ रुपैयाँ ५७ पैसा कायम भएको छ।
साउदी रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियन वन, स्विडिस क्रोनर र डेनिस क्रोनर लगायतका मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले अद्यावधिक गरेको छ।
यसका साथै हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ८३ पैसा र बिक्री दर १७ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिद दर ४५८ रुपैयाँ ०४ पैसा र बिक्री दर ४६० रुपैयाँ ०१ पैसा तोकिएको छ। भारतीय रुपैयाँ सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम भएको छ।