'मिस नेपाल २०२५': डाक्टर, स्कुबा डाइभरदेखि थिएटर कलाकारसम्म २६ प्रतिस्पर्धी चयन

काठमाडौं, श्रावण १०, २०८२ नेपालकी प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२५’ का लागि विभिन्न पृष्ठभूमिका २६ प्रतिभाशाली युवतीहरू छानिएका छन्। आयोजक संस्था हिडन ट्रेजरले शुक्रबार एक समारोहमार्फत प्रतियोगीहरूलाई स्यास वितरण गर्दै प्रतियोगी नम्बर प्रदान गरेको हो।
यसपटक मिस नेपालमा चिकित्सा क्षेत्रका पेशेवरदेखि स्कुबा डाइभर, सामाजिक अभियन्ता, कलाकार, योग प्रशिक्षक, मोडल, जलवायु अनुसन्धानकर्ता, थिएटर कलाकार, रेडियो प्रस्तोता, स्टोरीटेलर, नर्स, डेन्टिस्ट र सूचना प्रविधिका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको छ।
ग्रान्ड फिनाले आगामी भदौ १४ गते गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ।
विविध पृष्ठभूमिका प्रतिस्पर्धीहरू आरशिया थापा (११) र प्राज्ञिका क्षेत्री (२६) पेसाले डाक्टर हुन्।
अनुराधा शर्मा ढकाल (५) फार्मासिस्ट पेशामा कार्यरत छिन्।
लुना लुइँटेल (९) नर्सिङ पेशामा रहेकी स्कुबा डाइभर हुन्।
सुदिना हुमागाईं (३) दन्त शल्य चिकित्सक तथा रेडियो प्रस्तोता हुन्।
उरुसा भण्डारी (१२) डेन्टल पृष्ठभूमिकी मोडल हुन्।
दीपशिखा नेपाल (७) जलवायु परिवर्तन अनुसन्धानमा संलग्न छन्।
जगदिश्वरी शाह सामाजिक अभियन्ता हुन्, जसले एक दशकदेखि समाजसेवामा काम गरिरहेकी छन्।
जसोदा कार्की थिएटर कलाकार र राजनीतिशास्त्रकी विद्यार्थी हुन्।
क्रिस्टिना बस्नेत स्टोरीटेलर र थिएटर परफर्मर हुन्।
निलिमा पाण्डे (२४) कथ्थक नृत्यांगना तथा क्रिएटिभ आर्टिस्ट हुन्।
साइच्छा थापा (१८) उद्यमी तथा महिला सशक्तिकरण अभियानमा रुचि राख्छिन्।
समृद्धि केसी मानसिक स्वास्थ्य क्षेत्रमा क्रियाशील सामाजिक सेविका हुन्।
श्रीयानी श्रेष्ठ, सान्वी मण्डल, सृष्टी तामाङ, स्मृति श्रेष्ठ, स्रुती महर्जन, सोनी घले, र स्वाति पञ्जियार लगायतले पनि फरक-फरक पेसागत र सामाजिक पृष्ठभूमिबाट मिस नेपालमा सहभागिता जनाएका छन्।
प्रतियोगिताको उद्देश्य यस वर्ष मिस नेपाल प्रतियोगिता सौन्दर्य मात्र नभई प्रतिभा, सामाजिक उत्तरदायित्व र विविधतालाई प्राथमिकतामा राख्दै अघि बढाइएको छ। आयोजकका अनुसार, प्रतियोगिताले महिलालाई नेतृत्वदायी भूमिकामा स्थापित गर्ने लक्ष्य लिएको छ।
मिस नेपाल २०२५ को अन्तिम प्रतिस्पर्धा देशभरका युवतीहरूको सीप, आत्मविश्वास र सामर्थ्यको प्रदर्शनको प्रमुख मञ्च बन्ने अपेक्षा गरिएको छ।