Bhairahawa Online Logo
Entertainment

सौगात र बेनिशाको ‘सिटामोल’ ट्रेलर सार्वजनिक, सामाजिक कथावस्तुमा भरिएको हास्य चलचित्र

Share:
Bhairahawa Online
सौगात र बेनिशाको ‘सिटामोल’ ट्रेलर सार्वजनिक, सामाजिक कथावस्तुमा भरिएको हास्य चलचित्र

काठमाडौं, साउन ७, २०८२ बहुप्रतीक्षित नेपाली फिल्म ‘सिटामोल’ को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार OSR Digital को युट्युब च्यानलमार्फत रिलिज गरिएको उक्त ट्रेलरले दर्शकलाई हाँसोसँगै सामाजिक यथार्थबारे सोच्न प्रेरित गर्ने संकेत दिएको छ।

ट्रेलरमा नेपाली समाजका विकट समस्या — गरिबी, बेरोजगारी, पारिवारिक कलह र सरकारी लापरवाही — लाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको छ। गाउँले परिवेशमा आधारित कथावस्तुले साधारण जनताको पीडा र संघर्षलाई हास्यरसको माध्यमबाट प्रस्तुत गरेको छ।

राजबहादुर सानेको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल र बेनिशा हमाल श्रीमान–श्रीमतीको भूमिकामा देखिनेछन्। उनीहरूका साथमा श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की लगायत थुप्रै कलाकारहरूको अभिनय देख्न पाइनेछ।

तुल्सी देवी फिल्म प्रा.लि. र जुनतारा फिल्मस् को सहकार्यमा निर्माण भएको फिल्मको कथा निर्देशक साने र प्रदीप भट्टराजले लेखेका हुन्।

संगीत बाबुल गिरीको, कोरियोग्राफी कविराज गहतराजको, सम्पादन बन्दे प्रसादको र छायांकन दिव्यराज सुवेदीले गरेका छन्।

‘सिटामोल’ यही साउन २३ गतेबाट देशभर प्रदर्शनमा आउनेछ।काठमाडौं, साउन ७, २०८२ बहुप्रतीक्षित नेपाली फिल्म ‘सिटामोल’ को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार OSR Digital को युट्युब च्यानलमार्फत रिलिज गरिएको उक्त ट्रेलरले दर्शकलाई हाँसोसँगै सामाजिक यथार्थबारे सोच्न प्रेरित गर्ने संकेत दिएको छ।

ट्रेलरमा नेपाली समाजका विकट समस्या — गरिबी, बेरोजगारी, पारिवारिक कलह र सरकारी लापरवाही — लाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको छ। गाउँले परिवेशमा आधारित कथावस्तुले साधारण जनताको पीडा र संघर्षलाई हास्यरसको माध्यमबाट प्रस्तुत गरेको छ।

राजबहादुर सानेको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल र बेनिशा हमाल श्रीमान–श्रीमतीको भूमिकामा देखिनेछन्। उनीहरूका साथमा श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की लगायत थुप्रै कलाकारहरूको अभिनय देख्न पाइनेछ।

तुल्सी देवी फिल्म प्रा.लि. र जुनतारा फिल्मस् को सहकार्यमा निर्माण भएको फिल्मको कथा निर्देशक साने र प्रदीप भट्टराजले लेखेका हुन्।

संगीत बाबुल गिरीको, कोरियोग्राफी कविराज गहतराजको, सम्पादन बन्दे प्रसादको र छायांकन दिव्यराज सुवेदीले गरेका छन्।

‘सिटामोल’ यही साउन २३ गतेबाट देशभर प्रदर्शनमा आउनेछ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News