Bhairahawa Online Logo
Entertainment

विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ले युट्युबमा धमाकेदार सुरुआत

Share:
Bhairahawa Online
विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ले युट्युबमा धमाकेदार सुरुआत

काठमाडौँ — लोकप्रिय लोकगायिका विष्णु माझीको तीज गीत म त नराउरी सार्वजनिक भएको एक दिनभित्रै युट्युबमा १२ लाखभन्दा बढी दर्शकले हेरेका छन्। गीतले छोटो समयमा नै सामाजिक सञ्जालमा चर्चा पाएको छ र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

गीतका शब्द र संगीत उनका श्रीमान् सुन्दरमणि अधिकारीले तयार पारेका हुन्। भिडियोमा ग्रामीण महिलाको जीवनका सपना, संघर्ष, पीडा र जिम्मेवारीको कथालाई चित्रण गरिएको छ। गरिबी, घरेलु हिंसा, गर्भावस्थामा समेत गर्नुपर्ने कडा श्रम, र छोराछोरीको भविष्यप्रतिको चिन्ता यथार्थपरक रूपमा प्रस्तुत गरिएको छ।

यसमा मोडल ललिता पौडेलको मुख्य भूमिका छ भने ६० जना कोरस नर्तकहरू सहभागी छन्। पुतलीको भट्टी श्रृंखलाको २१औँ भागका रूपमा आएको यस गीतले परम्परागत तीजको लयभित्र महिला जीवनका गहिरा वास्तविकताहरू उजागर गर्ने प्रयास गरेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News