नेप्सेमा लगातार गिरावट, कारोबार रकममा समेत कमी

काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार पनि दोहोरो अंकले घटेर कारोबार बन्द भएको छ। सोमबारदेखि सुरु भएको बजारको ओरालो यात्रा यसदिन समेत जारी रह्यो, जससँगै कारोबार रकममा पनि उल्लेखनीय कमी देखियो।
आइतबार सार्वजनिक बिदाका कारण कारोबार नभए पनि सोमबार १० अर्ब २१ करोड रुपैयाँको सेयर किनबेच भएकोमा मंगलबार मात्र ६ अर्ब ९१ करोडमा सीमित भएको थियो। बुधबार भने परिसूचक १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा अडियो।
यसदिन ३२१ स्क्रिप्सका १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ७३४ रुपैयाँमा कारोबार भए। मंगलबारको तुलनामा यो रकम अझै कम हो।
कुनै कम्पनी पनि सकारात्मक सर्किट लेभलमा पुग्न सकेन। कारोबार रकमका आधारमा बलेफी हाइड्रोपावर शीर्षमा रह्यो, जसको ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। दोस्रो स्थानमा युनाइटेड मोदी हाइड्रोपावर (२७ करोड) रह्यो भने शिवम् सिमेन्टले २४ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरले १९ करोड र नेपाल रिइन्स्योरेन्सले १८ करोड रुपैयाँ बराबरको कारोबार गरे।
बजारमा कारोबार भएका स्टक्समध्ये १५९ वटा बढे, ८९ वटा घटे र १ वटाको मूल्य स्थिर रह्यो। क्षेत्रगत सूचकमा डेभलपमेन्ट बैंक, फाइनान्स, म्युचुअल फण्ड र अदर्श समूहमा वृद्धि देखिए पनि बाँकी समूहमा गिरावट रह्यो।काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार पनि दोहोरो अंकले घटेर कारोबार बन्द भएको छ। सोमबारदेखि सुरु भएको बजारको ओरालो यात्रा यसदिन समेत जारी रह्यो, जससँगै कारोबार रकममा पनि उल्लेखनीय कमी देखियो।
आइतबार सार्वजनिक बिदाका कारण कारोबार नभए पनि सोमबार १० अर्ब २१ करोड रुपैयाँको सेयर किनबेच भएकोमा मंगलबार मात्र ६ अर्ब ९१ करोडमा सीमित भएको थियो। बुधबार भने परिसूचक १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा अडियो।
यसदिन ३२१ स्क्रिप्सका १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ७३४ रुपैयाँमा कारोबार भए। मंगलबारको तुलनामा यो रकम अझै कम हो।
कुनै कम्पनी पनि सकारात्मक सर्किट लेभलमा पुग्न सकेन। कारोबार रकमका आधारमा बलेफी हाइड्रोपावर शीर्षमा रह्यो, जसको ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। दोस्रो स्थानमा युनाइटेड मोदी हाइड्रोपावर (२७ करोड) रह्यो भने शिवम् सिमेन्टले २४ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरले १९ करोड र नेपाल रिइन्स्योरेन्सले १८ करोड रुपैयाँ बराबरको कारोबार गरे।
बजारमा कारोबार भएका स्टक्समध्ये १५९ वटा बढे, ८९ वटा घटे र १ वटाको मूल्य स्थिर रह्यो। क्षेत्रगत सूचकमा डेभलपमेन्ट बैंक, फाइनान्स, म्युचुअल फण्ड र अदर्श समूहमा वृद्धि देखिए पनि बाँकी समूहमा गिरावट रह्यो।