Bhairahawa Online Logo
Entertainment

पशुपतिनाथको दर्शनपछि चंकी पाण्डेले भने: "धेरै भाग्यमानी महसुस भयो"

Share:
Bhairahawa Online
पशुपतिनाथको दर्शनपछि चंकी पाण्डेले भने: "धेरै भाग्यमानी महसुस भयो"

काठमाडौँ - बलिउड अभिनेता चंकी पाण्डे अहिले नेपाल भ्रमणमा छन् । उनी काठमाडौँस्थित विश्वप्रसिद्ध पशुपतिनाथ मन्दिर पुगेका छन् र दर्शनपछि आफूलाई “धेरै भाग्यमानी” महसुस भएको बताएका छन् ।

६२ वर्षीय अभिनेता पाण्डेले सामाजिक सञ्जालमा आफ्नो पशुपतिनाथ दर्शनको तस्बिर पोस्ट गर्दै लेखेका छन्, “श्रावण महिनामा पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धेरै भाग्यमानी महसुस भयो ।”

उनको नयाँ चलचित्र "सन अफ सरदार २" यही शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा छ । उक्त चलचित्रमा उनी दानिशको भूमिकामा देखिनेछन् । हालै उनले "हाउसफुल ५" मा पनि अभिनय गरेका थिए ।

नेपाल आगमनपछि पशुपतिनाथ मन्दिर दर्शन गर्नु उनीका लागि विशेष अनुभव भएको देखिन्छ । उनका फ्यानहरूले समेत सामाजिक सञ्जालमा उनको यात्रा र भावना प्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

पशुपतिनाथको दर्शनपछि चंकी पाण्डेले भने: "धेरै भाग्यमानी महसुस भयो"

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News