Bhairahawa Online Logo
Entertainment

‘कुली’ले रजनीकान्तका अघिल्ला फिल्मको रेकर्ड तोड्ने सम्भावना, दर्शकमा उच्च उत्साह

Share:
Bhairahawa Online
‘कुली’ले रजनीकान्तका अघिल्ला फिल्मको रेकर्ड तोड्ने सम्भावना, दर्शकमा उच्च उत्साह

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको नयाँ फिल्म ‘कुली’ आगामी अगस्ट १४ मा विश्वव्यापी रूपमा प्रदर्शन हुँदैछ। फिल्मको पहिलो दिनको कमाइबारे दर्शक र फिल्म विश्लेषकहरूबीच ठूलो उत्सुकता छ, किनकि यसअघि उनका धेरै फिल्महरूले अप्रत्याशित ओपनिङ गरेका छन्।

सन् २०१८ मा एस. शंकरको निर्देशनमा बनेको ‘२.०’ ले पहिलो दिनमै ९५ करोड कमाउँदै ६७५ करोडको कुल व्यापार गरेको थियो। त्यस्तै, सन् २०२३ मा नेल्सन निर्देशित ‘जेलर’ ले ९० करोडको ओपनिङ गर्दै ६०५ करोड कमाएको थियो।

यसअघि पनि ‘कबाली’ (२०१६) ले ९० करोडको सुरुवात गर्दै २९५ करोडको व्यापार गरेको थियो भने ‘वेट्टैयन’ (२०२४) ले ६४ करोडको ओपनिङ गर्दै २५५.८ करोड कमाएको थियो। ‘दरबार’ (२०२०) ले ५१ करोडको पहिलो दिनको कमाइ र २१९ करोडको कुल व्यापार गरेको थियो। यस्तै, ‘अन्नात्थे’ (२०२१) ले ४७.५ करोडबाट सुरुवात गर्दै १५६ करोडको व्यापार गरेको थियो।

अब ‘कुली’ले यी सबैमध्ये कुन रेकर्ड तोड्ने हो वा नतोड्ने भन्ने विषय दर्शक र व्यापार विश्लेषक दुवैका लागि प्रतीक्षायोग्य बनेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News