Bhairahawa Online Logo
Entertainment

गोविन्दा र सुनीता आहुजाबीच वैवाहिक सम्बन्धमा दरार, डिभोर्स मुद्दा दायर

Share:
Bhairahawa Online
गोविन्दा र सुनीता आहुजाबीच वैवाहिक सम्बन्धमा दरार, डिभोर्स मुद्दा दायर

मुंबई — बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहुजाबीच सम्बन्धमा तनाव चुलिएको छ। भारतीय मिडियामा आएका रिपोर्टअनुसार सुनीताले सन् २०२४ को डिसेम्बरमा मुम्बईस्थित वान्द्रा फ्यामिली कोर्टमा डिभोर्स मुद्दा दायर गरेकी थिइन्।

सुनीताले मुद्दामा गोविन्दाविरुद्ध व्यभिचार, क्रुर व्यवहार र परित्याग गरेको आरोप लगाउँदै हिन्दु विवाह ऐन, १९५५ अन्तर्गत धारा १३ (१) (i), (ia) र (ib) अनुसार सम्बन्ध विच्छेदको माग गरेकी बताइएको छ।

यस प्रकरणमा अदालतले अनिवार्य परामर्श (काउन्सेलिङ) प्रक्रिया सुरु गरेको र सो प्रक्रिया सन् २०२५ को जुनदेखि आरम्भ भएको पनि रिपोर्टमा जनाइएको छ। सुनीता आफैं उपस्थित भए पनि गोविन्दा प्रारम्भिक समन्समा उपस्थित नभएको भनिएको छ।

तर गोविन्दाका कानुनी प्रतिनिधि ललित बिन्दल र म्यानेजर शशि सिन्हाले भने यी खबरलाई पुरानो विषयको गलत बुझाइ मात्रै भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले हालको अवस्थामा यसबारे कुनै नयाँ अद्यावधिक नभएको स्पष्ट पारेका छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News