Bhairahawa Online Logo
Entertainment

अष्ट्रेलियाका २५ बढी हलमा ‘माग्ने राजा’, नेपालमा अग्रिम बुकिङ सुरु

Share:
Bhairahawa Online
अष्ट्रेलियाका २५ बढी हलमा ‘माग्ने राजा’, नेपालमा अग्रिम बुकिङ सुरु

काठमाडौं – केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा देखिने फिल्म ‘माग्ने राजा’ नेपालसँगै अष्ट्रेलियामा पनि एकैसाथ प्रदर्शन हुने भएको छ।

वितरक थ्रिकेजी इभेन्ट्स र दृश्य इन्टरटेनमेन्टका अनुसार अष्ट्रेलियामा मात्र २५ भन्दा बढी हलमार्फत एक सयभन्दा बढी शो तय भइसकेको छ। अष्ट्रेलियामा बक्स अफिस सिस्टममार्फत नेपाली फिल्म रिलिज हुन लागेको लामो समयपछि भएको बताइएको छ। अग्रिम टिकट बिक्री सुरु भइसकेको र सुरुवाती प्रतिक्रिया सकारात्मक देखिएको कम्पनीले जनाएको छ।

नेपालमा पनि मल्टीप्लेक्सहरूमा टिकट बुकिङ खुलिसकेको छ। फिल्मको ट्रेलर र ‘सुतेर उठेको पैसामा’ गीतले दर्शकबीच चर्चा कमाइसकेकाले प्रदर्शनमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।

फिल्म रिलिज पूर्व कलाकार केदार घिमिरे प्रचारप्रसारमा सक्रिय देखिएका छन्। उनले काठमाडौंको विभिन्न कलेजहरूमा विद्यार्थीहरूसँग प्रत्यक्ष भेट गर्दै फिल्म हेर्न निम्तो दिएका छन्।

ऋषि लामिछाने निर्देशित यस फिल्ममा केदार घिमिरेसँगै वर्षा सिवाकोटी, विल्सन विक्रम राई (तक्मे बुढा), शारदा गिरी, शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ। आर्यन सिग्देल विशेष भूमिकामा देखिने यस चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन्। आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको फिल्म मुनाल घिमिरेको प्रस्तुति र मधुसुदन शर्माको निर्माण हो।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News