Bhairahawa Online Logo
Sports

नेपालले यूएईलाई १ रनले हराएर रोमाञ्चक जित हासिल गर्यो

Share:
Bhairahawa Online
नेपालले यूएईलाई १ रनले हराएर रोमाञ्चक जित हासिल गर्यो
pic : CAN

काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को टी-२० विश्वकप छनोट प्रतियोगिताको सुपर सिक्स चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध १ रनको रोमाञ्चक जित हासिल गरेको छ। एशोसियट राष्ट्रहरूबीचको यो क्लासिक खेल ओमानको अल अमेरत क्रिकेट स्टेडियममा सम्पन्न भएको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले ४७ बलमा ४ चौका र १ छक्का सहित ५१ रनको महत्वपूर्ण इनिङ्स खेलेका थिए। कुशल भुर्तेलले २८ रन र कप्तान रोहित पौडेलले २० रन बनाएका थिए।

जवाबमा यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सकेको थियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए भने सन्दीप लामिछाने, सोमपाल कामी र गुल्सन झाले १-१ विकेट लिएका थिए। अन्तिम ओभरमा ३ बलमा ३ रन चाहिएको अवस्थामा यूएईका दुई विकेट गएपछि नेपालले रोमाञ्चक जित हात पारेको हो।

यस जितसँगै नेपालको विश्वकप छनोटको सम्भावना बढेको छ। नेपालले सोमबार कतार विरुद्ध अर्को खेल खेल्नेछ ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News