Bhairahawa Online Logo
News

राहदानी छपाइको जिम्मा जर्मन कम्पनीलाई, फ्रान्सेली कम्पनीको उजुरी खारेज

Share:
Bhairahawa Online
राहदानी छपाइको जिम्मा जर्मन कम्पनीलाई, फ्रान्सेली कम्पनीको उजुरी खारेज

२०८२ साउन ६, मंगलबार काठमाडौं

नेपाल सरकारको राहदानी विभागले राहदानी छपाइको जिम्मा जर्मनीका दुई कम्पनी — भेरिडोस र मुलभौर — लाई दिने निर्णय गरेको छ। यसअघि प्रतिस्पर्धामा रहेको फ्रान्सेली कम्पनी आइडीमियाले उजुरी दिए पनि सार्वजनिक खरिद पुनरावलोकन समितिले उक्त उजुरी खारेज गर्दै राहदानी विभागको निर्णय सदर गरेको हो।

समितिले फ्रान्सेली कम्पनीको मागप्रति आधार नपुगेको ठहर गर्दै निर्णय सुनाएको हो। आइडीमियाले राहदानी छपाइका लागि भएको बोलपत्र प्रक्रियामा त्रुटि रहेको, आफू न्यूनतम मूल्याङ्कनमा भए पनि छनोट नगरिएको भन्दै उजुरी दिएको थियो।

समितिले दिएको निर्णयमा उल्लेख गरिएअनुसार:

विनिमय दरको आधार प्राविधिक प्रस्ताव खोलिएको मिति मानिएको मान्य ठहर गरियो।

डिस्काउन्ट मूल्यांकन प्रक्रिया स्पष्ट भएको देखिएको छ।

ब्लेड सर्भरको सट्टा र्‍याक सर्भर प्रस्ताव गरे पनि प्राविधिक आवश्यकतामा असर नपरेको बताइएको छ।

पर्सनलाइजेशन मेसिन सम्बन्धमा पनि विभागको निर्णय जायज ठहर गरिएको छ।

छपाइको लागत जर्मन कम्पनी भेरिडोसले राहदानी छपाइको जिम्मा ६ अर्ब ११ करोड ३८ लाख रुपैयाँ मा पाएको हो।

यस निर्णयसँगै फ्रान्सेली कम्पनीको विवाद टुंगिएको छ भने राहदानी छपाइ कार्य अघि बढ्न बाटो खुलेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News