आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं — नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैङ्कको निर्धारणअनुसार अमेरिकी डलरको खरिद दर १४१ रुपैयाँ ६६ पैसा र बिक्री दर १४२ रुपैयाँ २६ पैसा रहेको छ।
प्रमुख मुद्राहरूमा युरोपेली युरोको खरिद दर १६५ रुपैयाँ ७७ पैसा र बिक्री दर १६६ रुपैयाँ ४७ पैसा, बेलायती पाउण्डको खरिद दर १८९ रुपैयाँ ८९ पैसा र बिक्री दर १९० रुपैयाँ ६९ पैसा, स्विस फ्राङ्कको खरिद दर १७७ रुपैयाँ ५६ पैसा र बिक्री दर १७८ रुपैयाँ ३२ पैसा रहेको छ।
अन्य मुद्राहरूमा अस्ट्रेलियन डलर ९२ रुपैयाँ ७४ पैसा (खरिद) र ९३ रुपैयाँ १३ पैसा (बिक्री), क्यानेडियन डलर १०१ रुपैयाँ ६० पैसा (खरिद) र १०२ रुपैयाँ ०३ पैसा (बिक्री), सिङ्गापुर डलर १०९ रुपैयाँ ६८ पैसा (खरिद) र ११० रुपैयाँ १४ पैसा (बिक्री) मा कायम छ।
त्यस्तै भारतीय रुपैयाँ १०० को लागि खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ। राष्ट्र बैङ्कले आवश्यकता अनुसार कुनै पनि समयमा यी दरहरूमा संशोधन गर्न सकिने जनाएको छ।