Bhairahawa Online Logo
News

आन्दोलनका कारण अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प

Share:
Bhairahawa Online
आन्दोलनका कारण अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प

लमही, २३ असार २०८२

उपभोक्ता अदालतको पछिल्लो फैसलापछि चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि दाङका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक (इमर्जेन्सी) सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द भएका छन्।

नेपाल चिकित्सक संघले नेपाल मेडिकल काउन्सिलको अधिकारमाथि हस्तक्षेप भएको भन्दै आन्दोलनको घोषणा गरेको हो। आन्दोलनका कारण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगायतका संस्थानमा ओपिडी, परीक्षण, अपरेशनजस्ता नियमित सेवा ठप्प छन्।

📌 के भन्छन् अस्पताल अधिकारी? राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले भने, 👉 "चिकित्सक संघको निर्देशनअनुसार आज ओपिडी सेवा बन्द गरिएको हो। आकस्मिक सेवा भने सुचारु छ।"

🧑‍⚕️ आन्दोलनको पृष्ठभूमि संघले १९ असारमा देशभरका अस्पताल प्रमुख, मेडिकल/डेन्टल कलेज, चिकित्सक र स्वास्थ्यकर्मी संघ-संगठनसँग छलफल गरेर आन्दोलनको तालिका तय गरेको हो।

उपभोक्ता अदालतले पछिल्लो समय ओम अस्पताल, हिमाल अस्पताल, ग्राण्डी सिटी अस्पताल लगायतलाई करोडौं रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने निर्णय सुनाएको थियो। संघको आरोप छ – 👉 "उपचारप्रति लापरवाही ठहर गर्ने फैसलाले चिकित्सकीय स्वतन्त्रतामाथि प्रश्न उठाएको छ।"

😷 असर कस्को? उपचारका लागि अस्पताल पुगेका सर्वसाधारण बिरामीहरू सेवाबाट वञ्चित भएपछि ठूलो मर्कामा परेका छन्। लामो समयदेखि रोग पिडित र चेकअप गर्न आएका बिरामीहरू निराश फर्कनुपरेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News