Bhairahawa Online Logo
News

काभ्रेमा बस दुर्घटना: २३ जना घाइते, ४ जनाको उपचार जारी

Share:
Bhairahawa Online
काभ्रेमा बस दुर्घटना: २३ जना घाइते, ४ जनाको उपचार जारी

काभ्रे, साउन ४ – रामेछापबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस काभ्रेको भुम्लु गाउँपालिका-८ पौवामा दुर्घटना भएको छ। शनिवार दिउँसो डोरखानीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस सडकको भित्तामा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए।

दुर्घटनामा ३२ मध्ये २३ जना घाइते भएका थिए। १९ जनाले उपचारपछि घर फर्किसकेका छन् भने ४ जनाको धुलिखेल अस्पतालमा उपचार जारी छ। बस चालक र बस प्रहरी हाल दोलालघाट प्रहरी चौकीको नियन्त्रणमा छन्। प्रहरीले ब्रेक फेल भएर दुर्घटना भएको आशंका व्यक्त गरेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News