Bhairahawa Online Logo
News

लुम्बिनी मुख्यमन्त्री आचार्यले जनै पूर्णिमाको शुभकामना दिनुभयो।

Share:
Bhairahawa Online
लुम्बिनी मुख्यमन्त्री आचार्यले जनै पूर्णिमाको शुभकामना दिनुभयो।

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा शुभकामना व्यक्त गर्दै यी पर्वहरूले आपसी समझदारी, सहिष्णुता र सामाजिक एकताको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

शुभकामना सन्देशमार्फत उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको समाज भएको उल्लेख गरे। उनका अनुसार जनै पूर्णिमा केवल धार्मिक संस्कार मात्र नभई पारिवारिक सम्बन्धलाई मजबुत बनाउने पर्व पनि हो।

मुख्यमन्त्री आचार्यले परस्पर स्नेह, सम्मान र संरक्षणको भावना यस पर्वको मूल सन्देश भएको बताउँदै, यस्ता चाडपर्वले पारिवारिक एकता र सामाजिक सद्भावलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

सन्देशमा उनले नेपालको संविधानले प्रत्याभूत गरेको सांस्कृतिक विविधताको सम्मान गर्दै मौलिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सबै पक्षको साझा भूमिका आवश्यक रहेको धारणा राखे। साथै, लुम्बिनी प्रदेश सरकारले मौलिक कला, संस्कृति र परम्पराको प्रवर्द्धनमार्फत समृद्ध प्रदेश निर्माणको संकल्प लिएको पनि उनले उल्लेख गरे।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News