News
झापामा करेन्ट लाग्दा ३९ वर्षीय पुरुषको ज्यान गयो
Bhairahawa Online

असार २२, २०८२ | आइतबार
झापा | झापाको बुद्धशान्ति गाउँपालिकामा करेन्ट लागेर एक पुरुषको निधन भएको छ। मृत्यु हुने व्यक्ति बुद्धशान्ति गाउँपालिका–३, सयपत्री टोल निवासी ३९ वर्षीय रोशन जिमी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार आज साँझ करिब ७ बजे, रोपाइँको तयारीका लागि आफ्नै खेतमा पानी तान्ने क्रममा मोटर सेट जडान गर्ने क्रममा करेन्ट लाग्दा घटनास्थलमै जिमीको ज्यान गएको हो।
स्थानीयहरूले तुरुन्तै उद्धार प्रयास गरे पनि उनलाई बचाउन सकिएन। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।