Bhairahawa Online Logo
Social

नौकरीको सपना देखाइ ठगी गर्ने गिरोहका तीन सदस्य पक्राउ

Share:
Bhairahawa Online
नौकरीको सपना देखाइ ठगी गर्ने गिरोहका तीन सदस्य पक्राउ

काठमाडौं — वैदेशिक रोजगारीको नाममा युवाहरूलाई झुक्याउने तीन जना पक्राउ परेका छन्। बेरोजगार युवायुवतीलाई विदेशमा आकर्षक रोजगारीको लोभ देखाएर आर्थिक ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिहरूमा अशोक मोक्तान (३१), टेकबहादुर घर्ती मगर (३२), र बिमल आले (४५) रहेका छन्। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए।

उनीहरूले विभिन्न देशमा उच्च तलब, निःशुल्क आवास, र अन्य सुविधा प्रदान गर्ने भन्दै विश्वास दिलाएर पीडितहरूबाट रकम असुलेका थिए। अनुसन्धानका क्रममा उनीहरूले वैदेशिक रोजगारीका नाममा नक्कली कागजात प्रयोग गरेर ठगी गर्दै आएको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले थप अनुसन्धान गरिरहेको र पीडितहरूले उजुरी दिन आग्रह गरिएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News