Bhairahawa Online Logo
News

वीरगन्ज ताजिया र्‍यालीमा सुरक्षाकर्मीमाथि गाडी चलाउनेलाई कडा कारबाही हुने : एसपी मिश्र

Share:
Bhairahawa Online
वीरगन्ज ताजिया र्‍यालीमा सुरक्षाकर्मीमाथि गाडी चलाउनेलाई कडा कारबाही हुने : एसपी मिश्र

असार २२, २०८२ | आइतबार

वीरगन्ज | मुस्लिम समुदायको पवित्र पर्व मोहरम अन्तर्गत आइतबार वीरगन्जमा निकालिएको ताजिया (दाहा) र्‍यालीमा एक गाडी चालकले सुरक्षाकर्मीमाथि नै किच्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ।

घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको जनाउँदै पर्सा प्रहरीले दोषीलाई कडा कारबाही हुने चेतावनी दिएको छ। जिल्ला प्रहरी प्रमुख (एसपी) दिपक मिश्रले यस्ता गम्भीर गतिविधि कानुनविपरीत भएको स्पष्ट गर्दै दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने बताएका छन्।

एसपी मिश्रले भने, "सार्वजनिक सुरक्षामा खटिएको सुरक्षाकर्मीलाई नै लक्षित गरी गाडी चलाउनु आपराधिक हो। यसमा संलग्नलाई कानुनी दायरामा ल्याएर आवश्यक कारबाही हुनेछ।"

यस्तै दृश्य यसअघि १५ चैतमा काठमाडौंको तीनकुनेमा पनि देखिएको थियो, जहाँ एक आन्दोलनका क्रममा सुरक्षा बलमाथि नै गाडी चलाइएको थियो। वीरगन्जमा देखिएको यो कार्य त्यसकै पुनरावृत्तिको रूपमा हेरिएको छ।

घटनापछि सुरक्षाकर्मीको सतर्कता बढाइएको छ भने स्थानीय प्रशासनले ताजियाको समापनसम्म सुरक्षा व्यवस्था कडा बनाएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News