News
इन्धन मूल्य समायोजन : पेट्रोल सस्तो, तर अन्य इन्धनको भाउ बढ्यो
Bhairahawa Online

काठमाडौं — नेपाल आयल निगमले इन्धनको मूल्यमा आंशिक हेरफेर गरेको छ। पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने डिजेल, मट्टितेल र हवाई इन्धनको भाउमा वृद्धि गरिएको छ।
निगम सञ्चालक समितिको निर्णयअनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ।
यससँगै हवाई इन्धनको मूल्य पनि बढेको छ। आन्तरिक उडानमा प्रयोग हुने इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ। अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंबाट बिक्री हुने हवाई इन्धनको मूल्य प्रति किलोलिटर २१ अमेरिकी डलरले बढाइएको निगमले जनाएको छ।
निगमले मूल्य समायोजन अन्तर्राष्ट्रिय बजारको दरअनुसार गरिएको दाबी गरेको छ।
