Bhairahawa Online Logo
News

देशभर मनसुनी सक्रियता, सातै प्रदेशमा भारी वर्षाको चेतावनी

Share:
Bhairahawa Online
देशभर मनसुनी सक्रियता, सातै प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं — मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी दुई दिन देशभर वर्षाको प्रभाव तीव्र रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल अधिकांश भूभागमा बादल छाएको छ भने कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।

आज दिउँसो र राति सातै प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा हुने अनुमान छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा, तथा केही ठाउँमा धेरै भारी वर्षा समेतको सम्भावना छ।

विशेषगरी गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा जोखिम उच्च भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News