News
आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई पक्राउ
Bhairahawa Online

काठमाडौँ — पशुपतिनाथस्थित आर्यघाट शवदाह क्षेत्रमा जल्दै गरेको शवबाट हड्डी निकालेर अन्य व्यक्तिलाई दिएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उनका सहयोगी रहेका छन्।
शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ निवासी राम शाहीको शव जलाउने क्रममा हड्डी निकालेर एक तान्त्रिकलाई दिएको आरोप मृतकका परिवारले प्रहरीलाई दिएका थिए।
दुवै जनालाई प्रहरी वृत्त गौशलामा राखी सोधपुछ तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।